Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

‘आरबीआईले मोनिटरी पोलीसीमार्फत रेट कट गर्छ’ (आरबीआईका गभर्नर शक्तिकान्तको अन्तरबार्ता)

२०७६ पुष २२ गते

विगत एक वर्षदेखि शक्तिकान्त दासले भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाको गभर्नरको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको कार्यकाल सुरु भएयता बैंकिङ क्षेत्रमा धेरै सुधारका कामहरु भएका छन् । उनले केही नयाँ कदमहरु पनि चालेका छन् । यसैबीच भारतको समग्र बैंकिङ क्षेत्र, व्याजदर लगायतका विषयमा उनै दाससँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

आरबीआईलाई कर्जाको व्याजदर घटाउन बारम्बार दबाब आइरहेको छ । राम्रो व्याजर नभए निक्षेप आउँदैन र निक्षेप नभए कर्जा लगाानी हुन सक्दैन, आरबीआईले यसलाई कसरी सन्तुलन गर्दैछ ?

कर्जा र निक्षेपको व्याजदरमा एकदमै सन्तुलन भइरहनुपर्छ । बाहिरबाट व्याजदर घटाउने सल्लाहहरु आइरहेका छन् । हामीले आँखा र कान खुला राखेका छौँ । तर, निर्णय हाम्रो हुनेछ । सन्तुलन कायम गर्न सजिलो छैन । सबै अर्थतन्त्रको अवस्था हेरेर रेट घटाउने र सँगसँगै त्यसको परिणाम के हुन सक्छ भन्ने कुरालाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । व्याजदर घटबढ गर्दा मूल्यस्फीति, निक्षेपको व्याजदर लगायतलाई ध्यानमा राख्नुपर्ने हुन्छ । अहिले प्रायः जागिरे एवम् रिटायर्ड भारतीयहरु बैंक डिपोजिटमा निर्भर छन् ।

अहिले बैंकहरुको व्याजदर कसरी निर्धारण भइरहेको छ ?
पहिले व्याजदर निर्धारण गरी यसरी काम गर भनेर आरबीआईले बैंकहरुलाई निर्देशन दिने गरेकोमा अहिले हामीले अधिकतम सीमा मात्रै तोकेर स्प्रेड रेट बैंकहरुकै हातमा छोडिदिएका छौँ । निक्षेपको हकमा बैंकहरुले नै व्याजदर निर्धारण गर्छन् । आरबीआईले तोकेको अधिकतम सीमाको अधीनमा रहेर बैंकहरुले आफैँले व्याजदर अन्तर कायम गर्न सक्ने व्यवस्था छ ।

समयसमयमा आरबीआईले रेट कट गर्छ नि, यसले कसरी काम गर्छ ?
आरबीआईले मोनिटरी पोलीसीमार्फत रेट कट गर्छ । मोनिटरी पोलिसी देशको समग्र अर्थतन्त्रसँग जोडिएको हुन्छ । अहिले बैंकहरुले निक्षेपकर्ता तान्न पाएका छन् । बैंकहरुले तोकेको रेटले पारदर्शीता कायम भएको छ । हामीले निर्धारण गरेको रेटले नयाँ ऋणी बढाउनुका साथै पुराना ऋणीको पनि ध्यान राखिरहेको छ । हामीले गर्ने रेट कट वृद्धिदरलाई पुनरावलोकन गर्नका लागि हो ।

नोटबन्दीको विषयमा तपाईँले सरकारको खुलेरै विरोध गर्नुभएको थियो नि ?
म जहाँ रहन्छु, त्यहाँबाट शतप्रतिशत काम गर्ने कोसिस गर्छु । म फाइनान्स मिनिस्ट्रीमा हुँदा पनि र अहिले आरबीआईमा हुँदा पनि मेरो कोसिस सँधै सन्तुलन कायम गर्ने नै हो । मलाई कहिले पनि मेरो पदले फरक पारेको छैन । जहाँ रहेर पनि मैले अर्थतन्त्रलाई राम्रो बनाउन खोजेको छु । सरकारमा बसेर यो मन पराउने र आरबीआईमा बस्दा अर्कै कुरा ठीक लाग्ने भन्ने हुँदैन । जहाँ रहँदा पनि मैले अर्थतन्त्रको सुधार चाहेको छु र त्यसको लागि आवश्यक कदम चाल्न खोजेको छु । सरकारमै रहँदा पनि मैले आरबीआईका गतिविधिहरु राम्रोसँग नियालेको थिएँ, आरबीआईसँग कति विषयमा सल्लाह पनि लिएको थिएँ ।

आरबीआई सरकारले तय गरेको सीमाभित्र मात्रै स्वतन्त्र रहेको भन्ने कुरा आएको छ, यस कुरामा तपाईँ सहमत हुनुहुन्छ ?
आरबीआई स्वायत्त संस्था होइन तर स्वायत्तताअन्तर्गत आरबीआईले काम गर्छ । आरबीआई निर्णयात्मक भूमिकामा सँधै स्वतन्त्र छ । निर्णय लिने बेलामा सबैको विचारको कदर गरिन्छ तर अन्तिम निर्णय आरबीआईकै हुन्छ । (इकोनोमिक टाइम्सबाट अनुवादित)