Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीद्वारा सहयोग

२०८३ भाद्र १६ गते

बैंकिङ खबर / भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एभरेष्ट बैंक लिमिटेड र बैंकका कर्मचारीहरूले सहयोग प्रदान गरेका छन् ।

बाढीबाट प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बैंकले सहयोग रकम उपलब्ध गराएको हो। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा कर्मचारीहरूको तर्फबाट उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।

बाढीका कारण प्रभावित क्षेत्रमा जनजीवन, आवास तथा विभिन्न पूर्वाधारमा क्षति पुगेको अवस्थामा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेकाले बैंकले आफ्नो तर्फबाट योगदान गरेको हो ।

बैंकले विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।एभरेष्ट बैंकले वित्तीय सेवासँगै शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापनलगायत सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रममार्फत योगदान गर्दै आएको जनाएको छ ।