नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले ढुंगानालाई आगामी चार बर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । उनी नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशकबाट अवकास पाएका व्यक्ति हुन् । उनीसँग बैंकिङ क्षेत्रबारे बढी ज्ञान छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र बेलायतबाट विजनेश फाइनान्समा एमबीए गरेका ढुंगाना यसअघि धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । धितोपत्र बोर्डको अध्यक्षका लागि सिफारिस समितिले ढुंगानासहित, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशन निरज गिरी र डा केशब श्रेष्ठको नाम सिफारिस गरेको थियो । बोर्डमा डा. रेवत बहादुर कार्कीको अवधि सकिएपछि अध्यक्ष पद रिक्त रहँदै आएको थियो ।