January 3rd, 2020

विपन्न मुलुक नाइजरमा बैंकिङ क्षेत्रको अवस्था

बैंकिङ खबर । नाइजर पश्चिम अफ्रिकी देश हो । यो विश्वकै गरीब देशहरुमध्येमा पर्दछ । १२ लाख ६७ हजार वर्ग किलोमिटर क्षेत्रफल भएको यस देशको जनसंख्या सवा दुई करोड रहेको छ । यहाँको जीडीपीमा कृषिको योगदान सबैभन्दा धेरै ४३.४ प्रतिशत रहेको छ । त्यसपछि क्रमशः सेवा क्षेत्रको ३५ प्रतिशत र उद्योगको १४.९ प्रतिशत योगदान रहेको छ । आर्थिक अवस्था कमजोर रहेको यस मुलुकको वित्तीय क्षेत्र पनि खासै विकसित हुन सकेको छैन ।

बैंक तथा वित्तीय संस्था
११ वटा कमर्सियल बैंक र एउटा वित्तीय संस्थाले नाइजरमा वित्तीय सेवा प्रदान गरिरहेका छन् । चार वटा मध्यमस्तरीय बैंकहरुः बीआईए नाइजर, इकोबैंक, बैंक अफ अफ्रिका र सोनीबैंकले नाइजरको वित्तीय बजारको ८० प्रतिशत हिस्सा ओगटेका छन् । यसबाहेक, बीआईएनसीआई, बैंक एट्लान्टिक नाइजर, ओरा बैंक लगायतका साना बैंकहरुले पनि नाइजरमा वित्तीय सेवा दिइरहेका छन् ।

नियमन
वेष्ट अफ्रिकन इकोनोमिक एण्ड मोनिटरी युनियन अन्तर्गत रहेका नाइजरसहित आठ वटै देशको बैंकिङ क्षेत्रको नियमन सेन्ट्रल बैंक अफ वेष्ट अफ्रिकन स्टेट्स (बीसीईएओ)ले गर्दछ । आठवटै देशका लागि बीसीईएओले एकल मुद्राको रुपमा सीएफए फ्रांक जारी गरेको छ । एक युरो बराबर ६५६ सीएफए फ्रांक कायम गर्ने गरी बीसीईएओले फ्रेन्च ट्रेजरीसँग सम्झौता गरेको छ । फ्रेन्च ट्रेजरीमा बीसीईएओको एउटा एकाउन्ट छ, जसमा उसले आफ्नो विदेशी विनिमय संचितिको कम्तीमा ६५ प्रतिशत राख्नुपर्ने हुन्छ ।

समस्या
यहाँका बैंकहरुमा प्रायः अधिक तरलताको समस्या देखिने गरेको छ । किनकि, यहाँका बैंकहरु दीर्घकालीन लगानी गर्न हिच्किचाउँछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]