Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बनेपामा वित्तीय जागरण : गरिवी निवारणमा लघुवित्तको भूमिका महत्वपूर्ण

२०७६ पुष १२ गते

बैंकिङ खबर । काभ्रेको बनेपामा ‘वित्तीय जागरण ः राष्ट्रिय अभियान’ अन्तरगत लघुवित्त विशेष कार्यक्रम सम्पन्न भएको छ ।
लघुवित्त हबका रुपमा रहेको बनेपामा आयोजित उक्त कार्यक्रममा सहभागिहरुले समृद्धिका लागि हरेक व्यक्तिले उद्यमी बन्ने अठोट बोक्नुपर्ने बताए । साथै उनीहरुले गरिवी निवारणमा लघुवित्तको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उद्यमशीलताको विकास विना समृद्ध हासिल हुन नसक्ने बताए । कार्यक्रममा ससानो रकमलाई पनि पुँजीका रुपमा परिचालन गर्नुपर्ने आबश्यकता औल्याइयो । समारोहमा बरिष्ठ लघुवित्त अभियनता भगवति चौधरीले महिलाको शसक्तिकरणका लागि लघुवित्त महत्वपूर्ण भएको उल्लेख गर्दै कर्जा सदुपयोग गरेर अगाडि बढ्न लघुवित्त सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले सन्सारमा ससानो पुँजी परिचालनबाटै ठुला उद्यमीहरुको जन्म भएको उल्लेख गर्दै काम गर्नका लागि सक्रियता र हिम्मत जुटाउन महिलाहरुलाई आग्रह गर्नुभयो । लघुवित्तबाटै देशको गरिवी निवारण सम्भव हुने भन्दै उहाँले यसका राज्यले सक्रियता अपनाउनुपर्ने खाँचौ औल्याउनुभयो । कार्यक्रममा भवगति चौधरीलाई लघुवित्त अभियन्ताका रुपमा अभिनन्दन गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक सुशील ज्ञवालीले वित्तीय चेतना विना समृद्धि सम्भव नहुने बताउनुभयो । उहाँले हरेक व्यक्ति वित्तीय रुपमा साक्षर हुनुपर्ने समय आएको उल्लेख गर्दै विकासका लागि वित्तीय साक्षरता जरुरी रहेको बताउनुभयो ।
बनेपा नगरपालीकाका नगरप्रमुख लक्षमी नरसिंह बादे श्रेष्ठले उद्यमीलताको विकासका लागि योजना बोकेर नगरपालीकामा आउन नगरबासीलाई आग्रह गर्नुभयो । उहाँले काम गर्नका लागि अग्रसर हुन पनि सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादवले नेपालमा ४२ लाख नागरिकहरु लघुवित्त सदस्य रहेको उल्लेख गर्दै सबैलाई उद्यमशीलताको माध्यमबाट ठुला उद्यमी बन्न आग्ह गर्नुभयो । उहाँले गरिवी निवारणको कार्यमा लघुवित्तले महत्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो ।
त्यसैगरी सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले अन्तर्राष्ट्रिय स्तरमै वित्तीय साक्षर हुने देश समृद्ध भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि वित्तीय साक्षरता महत्वपूर्ण भएको बताउनुभयो । उहाँले कर्म गर्न र सहि ठाउँमा लागनी गर्न सके पैसा कमाउन कठिन नहुने बताउनुभयो । त्यसैगरी वित्तीय जागरण राष्ट्रिय अभियानका राष्ट्रिय संयोजक माधव निर्दोषले हरेक नागरिकले राज्य र राजनीतिबाट आशा नबोकी आफ्नै पौरखमा उद्यमी बन्नुपर्ने समय आएको बताउनुभयो । उहाँले सन्सारमा सय रुपैयाँ कर्जाबाट समेत ठुला उद्यमी जन्मीएको उल्लेख गर्दै लाज नमानी काम सुरु गर्नेैहरु नै समृद्धिका बाहक भएको बताउनुभयो । उहाँले हरेक लघुवित्त सदस्यलाई काममा ध्यान दिएर लगानी गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा फाइनान्सीयल टेक्नोलोजी विज्ञ केशवराज आचार्यले बैंक अब मोवाइलमै केन्द्रीत रहेको हुँदा मोवाइल वालेटको प्रयोग बढाउनुपर्ने बताउनुभयो । उहाँले वित्तीय लनेजका लागि र वित्तीय सुविधाका लागि वालेटको प्रयोग आबश्यक रहेको बताउनुभयो ।
मिडिया इन्टरनेसनलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा नेपाल लघुवित्त बैंकर्स संघको सहकार्यमा भएको उक्त कार्यक्रमा सिन्धु विकास बैंकले बैंकिङ पार्टनर र प्रभु पे ले डिजिटल बैंकिङ पार्टरका रुपमा सहभागिता जनाएका थिए । कार्यक्रम उद्यमशीलता गर्नेका लागि फलदायी भएको उपस्थित लघुवित्त सदस्यहरुले बताए । कार्यक्रममा विभिन्न सफल उद्यमीहरुले आफ्ना अनुभुतिहरु प्रस्तुत गरेका थिए भने गायक सन्तोष श्रेष्ठ र मन्जु उपासनाले वित्तीय जागरणका गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्र सुरु हुनुअघि वित्तीय साक्षरताको ¥यालीले बनेपा नगरबजार परिक्रमा गरेको थियो ।