December 6th, 2019

बैंकका सीईओको तलब वृद्धिप्रति अर्थमन्त्री खतिवडाको टिप्पणी


बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब वृद्धिलाई उल्लेख गर्दै यसले मात्र मुलुकलाई फाइदा नहुने उल्लेख गरेका छन् ।
ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएर एकीकृत सेवा शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् । पहिले ५० हजार खाने सीईओहरुले १ लाख, २ लाख, ५ लाख, गर्दै १० लाख भन्दा धेरै खान थालिसकेको बताउदैं उनले यस बारे सोच्ने बेला आएको बताएका हुन् । अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिएको घटनाप्रति चिन्ता व्यक्त गर्दै बैंककै कर्मचारीको लापरबाहीका कारण समस्या निम्तिएको बताउदैं बैंक व्यवस्थापनले यस तर्फ ध्यान दिने बेला आएको बताएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]