October 30th, 2019

सबैभन्दा धेरै तलब खाने संसारका पाँच बैंकरहरु

बैंकिङ खबर । बैंकिङ क्षेत्र सबैभन्दा राम्रो तलब तथा सेवा सुविधा दिने संस्थामा पर्दछन् । नेपालमा बैंकका सीईओको वार्षिक एक करोडको हाराहारीमा तलब पाउने गरेका छन् । विकसित मुलुकहरुमा बैंकरहरुको तलब झन् आकर्षक हुन्छ । संसारकै सबैभन्दा बढी तलब कुन बैंकले र कति दिन्छ होला ? संसारमै सबैभन्दा बढी तलब खाने टप पाँच बैंकरहरुको बारेमा यहाँ चर्चा गरिन्छः

जेमी डिमन
जेमी डिमन संसारकै सबैभन्दा धेरै तलब खाने बैंकर हुन् । उनी अमेरिकाको जेपी मोर्गन चेजका सीईओ हुन् । २०१८ मा उनले ३१ मिलियन अमेरिकी डलर पारिश्रमिक लिए, जुन २०१७ को तुलनामा पाँच प्रतिशत बढी हो । २०१७ मा उनले २९.५ मिलियन अमेरिकी डलर तलब लिएका थिए ।

जेम्स गोर्मन
मोर्गन स्टान्लीले २०१८ मा सीईओ जेम्स गोर्मनलाई २९ मिलियन अमेरिकी डलर तलब दियो । उनको तलब ७.४ प्रतिशतले बढेको हो । २०१७ मा उनले २७ मिलियन अमेरिकस् डलर पारिश्रमिक लिएका थिए ।

ब्रायन मोइनिहान
बैंक अफ अमेरिकाका सीईओ ब्रायन मोइनिहानको पारिश्रमिक २०१८ मा १५ प्रतिशतले बढेको थियो । २०१७ मा २३ मिलियन अमेरिकी डलर लिएका उनले २०१८ मा २६.५ मिलियन अमेरिकी डलर लिएका थिए ।

माइकल कोर्बट
सीटी ग्रुपका सीईओ हुन् माइकल कोर्बट । गत वर्ष उनको तलब ४ प्रतिशतले बढ्यो । जसअनुसार २०१७ मा २३ मिलियन अमेरिकी डलर लिएका उनले २०१८ मा २४ मिलियन अमेरिकी डलर लिए ।

डेभिड सोलोमन
गोल्डम्यान सच्सका सीईओ डेभिड सोलोमनले २०१८ मा २३ लिमियन अमेरिकी डलर पारिश्रमिक लिए । उनी बैंक नवनियुक्त सीईओ हुन् । यसअघिका सीईओ लोयड ब्लांकफेनले २०.५ मिलियन अमेरिकी डलर तलब लिएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]