May 29th, 2019

कस्तो आयो बजेट ? (हेर्नुहोस् बुँदा बुँदामा)

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६।७७ को बजेट संसदमा प्रस्तुत गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १५ खर्ब  ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट सार्वजनिक गरेका छन् । नौ खर्ब ५७ अर्ब ६२ करोड ८० लाख रुपैयाँ चालू र चार खर्ब ८ अर्ब २६ करोड ६० लाख रुपैयाँ विकास खर्चका लागि छुट्याइएको छ भने वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब रुपैयाँ छुट्याइएको छ । यसका लागि ९ खर्ब ८१ अर्ब राजस्व, ५७ अर्ब अनुदान, दुई खर्ब ९८ अब बैदेशिक ऋण र एक खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाउने अर्थमन्त्रीले जानकारी दिए ।

बजेटमा समावेश भएका मूख्य बुँदाहरु यसप्रकार छन् :

राजस्व बाँडफाँटमार्फत् प्रदेश र स्थानीय तहले एक खर्ब ३० अर्ब रुपैयाँ बजेट पाउने
एक सांसदलाई छ करोड (९० अर्ब बजेट विनियोजन)

एक अर्ब ७२ करोड रुपैयाँः सीपमूलक तालिम प्रदान गर्न
पाँच अर्ब एक करोड रुपैयाँः प्रधानमन्त्री रोजगार कोष संचालन गर्न
वृद्धभत्ता ः तीन हजार (१३ लाख जेष्ठ नागरिक लाभान्वित हुने)
सामाजिक सुरक्षा भत्ता : मासिक एक हजार वृद्धि (नौ लाखको जीवनयापनका सहयोग पुग्ने अपेक्षा)
कर्मचारीको तलब वृद्धि : २० प्रतिशत

खानेपानी तथा सरसफाइ : ४३ अर्ब ४६ करोड रुपैयाँ
मेलम्ची खानेपानी आयोजना : सात अर्ब ३९ करोड रुपैयाँ

मध्यम खालका कृषकलाई साना किसान विकास बैंकमार्फत परियोजना धितोमा ऋण (एक अर्ब विनियोजन)
रसायनिक मल खरिदमा अनुदान : ५० प्रतिशत वृद्धि
उखु किसानलाई अनुदान दिन : ९५ करोड रुपैयाँ
उद्यम गर्नका लागि जग्गा भाडामा दिने
सिँचाई क्षेत्रमा : २३ अर्ब ६३ करोड रुपैयाँ

भूमि तथा सहकारी क्षेत्रका लागि : छ अर्ब ६९ करोड रुपैयाँ
सहकारी कर्जा तथा निक्षेप सुरक्षण कोष निर्माण गरिने
सहकारी सूचना केन्द्र स्थापना गरिने

पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि : दुई अर्ब ६८ करोड रुपैयाँ
हवाई क्षेत्रका लागि : १५ अर्ब ८५ करोड रुपैयाँ
औद्योगिक पूर्वाधार विकासका लागि : दुई अर्ब ८७ करोड रुपैयाँ

उर्जा क्षेत्रका लागि : ८३ अर्ब ४९ करोड रुपैयाँ
बुढीगण्डकी जलविद्युत् आयोजना : १३ अर्ब ५७ करोड रुपैयाँ

मदन भण्डारी राजमार्ग : चार अर्ब ८२ करोड रुपैयाँ
काठमाडौँ निजगढ द्रुतमार्ग : १५ अर्ब एक करोड रुपैयाँ
चक्रपथ निर्माणका लागि : एक अर्ब ८१ करोड रुपैयाँ

रेल र जल यातायातका लागि : एक खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ
मोनोरेल र मेट्रो रेलका लागि : सात अर्ब ७० करोड रुपैयाँ

पेट्रोल र डिजेलमा कर वृद्धि : प्रतिलिटर थप एक रुपैयाँ
पूर्वाधार कर : छ रुपैयाँ

बिग मर्जरलाई प्रोत्साहन गरिने
बीमा कम्पनीहरुको पनि मर्जर

सेयर कारोबारमा पुँजीगत लाभकरको गणना भारिक औसत विधिबाट हुने, प्राकृतिक व्यक्तिलाई लाग्ने करको दर पाँच प्रतिशत कायम

पूर्णपाठ हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://mof.gov.np/uploads/news/file/final%20speech%202076_20190529114454.pdf

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]