April 14th, 2019

निरोगी निरोगी छानेर बीमा गर्ने युगको अन्त्य भयो :– प्रधानमन्त्री ओली

बैंकिङ खबर । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुरुवात मात्र नभएर र क्यालेन्डरको पानो मात्र नपल्टेर इतिहासको पानो तथा परिवर्तनको पानो पल्टेको बताएका छन् । उनले आर्थिक समृद्धिका लागि नयाँ कामको शुरुवात गरिएको बताएका छन् । उनले अब नेपालमा बैंक खाता नहुने र बैंकमा पैसा नहुने नागरिक नभेटिने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले समयलाई सरल ढंगले सदुपयोग गर्दै देशमा तिब्र आर्थिक विकासको रुपमा अगाडी बढाउन लागेको बताए । उनले सामाजिक सुरक्षाको अभियानका रुपमा विभिन्न काम गरेको बताए ।

उनले २०४८ सालमा आफु बीमा गर्न जाँदा उमेर बुढो हुन नहुने, कुनै रोग लागेको छ की छैन् भन्दै बीमा कम्पनीले परिक्षण गरेको उल्लेख गरे । कुनै रोग नभएको पाएपछि मात्र बीमा भएको उल्लेख गदैं प्रधानमन्त्री ओलीले अहिले उक्त युगको अन्त्य भएको बताए । उनले निरोगी निरोगी छानेर बीमा गर्ने युग परिवर्तन भएर बुढा बुढी तथा बिरामी बिरामी छानेर बीमा गर्ने युग आइसकेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]