April 9th, 2019

जनता बैंकको डेपुटी सिइओमा सुजित शाक्य नियुक्त


बैंकिङ खबर । जनता बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । शाक्यसँग सिभिल बैंकमा दोस्रो बरियाता अर्थात चिफ बिजनेस अफिसरका रुपमा काम गरेको अनुभव छ । त्यस्तै हिमालयन बैंक, एनआइसी बैंक, बैंकआफ एशिया लगायतका बैंकमा काम गरेको अनुभव पनि छ ।

स्रोतका अनुसार दुइवर्ष पछि जनता बैंकको प्रमुख कार्यकारी अधिकृतबाट पर्शुराम कुँवर क्षेत्रीले अवकास पाउने भएकाले अहिले नियुक्त भएका शाक्य सिइओ बन्ने सम्भावना बलियो छ । बैंकले पनि आगामी दुई बर्षपछि अहिलेका डेपुटी सिइओलाई नै प्रमुख कार्यकारी बनाउने तयारी गरिरहेको स्रोतको दावि छ ।

अहिले शाक्य शिभिल बैंकमा चिफ बिजनेस अफिसरका रुपमा दोस्रो बरियातामा कार्यरत छन् । त्यसैले उनलाई राष्ट्र बैंकको निर्देशिका अनुसार कुलिङ पिरियड लाग्न सक्छ । निर्देशिका अनुसार वाणिज्य बैंकमा कार्यरत दोस्रो वरियताको पदाधिकारी सेवाबाट हटेपछि ६ महिनाको अवधि ब्यतित नभइ अर्को बैंकमा सोही पदमा नियुक्त हुन पाउने छैनन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]