April 8th, 2019

देवकोटा बने सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृत

बैंकिङ खबर । सिटिजन्स बैंकले वोधराज देवकोटालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियूक्त गरेको छ । चैत्र २४ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले सहायक प्रमुख कार्यकारी अधिकृतमा कार्यरत देवकोटालाई २०७६ बैशाख १ गतेबाट लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निणर्य गरेको हो ।

गणेशराज पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै रिक्त रहेको उक्त पदमा सञ्चालक समितिको बैठकले देवकोटालाई नियुक्त गरेको हो । देवकोटाले बैंकको स्थापना देखि नै विभिन्न पदमा रहेर काम गरिरहेका छन् । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एम.फिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । बैैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव रहेको देवकोटाले सिटिजन बैंकमा आवद्ध हुनु पुर्व नेपाल बैंकमा पनि काम गरेका थिए ।

बैंकले मुलुकभर रहेका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले प्रदान गर्ने सेवाहरुलाई अझै प्रभावकारी बनाउनको लागि सातवटै प्रदेशमा प्रादेशिक कार्यलयहरुको स्थापना गरिसकेको छ । बैंकले निक्षेप तथा कर्जा सेवा, अनलाईन बैंक खाता सुविधा, रेमिट्यान्स सेवा, बीमा सेवा, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, जस्ता सम्पुर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]