April 3rd, 2019

दोहारो आर्थिक वृद्धि हासिल गर्न १५ औं योजनाको लक्ष्य, प्रत्येक स्थानीय तहमा इ -बैंकिङ

बैंकिङ खबर । योजना आयोगले गतिशील, विश्वसनीय र उत्पादनशील मौद्रिक तथा वित्तीय क्षेत्र बनाउने उद्देश्य सहित १५ औं पञ्चवर्षिय योजनाको आधारपत्र तयार पारेको छ । योजना आयोगले तयार पारेको आधारपत्रलाई अन्तिम रुप दिन राष्ट्रिय विकास परिसद्को बैठकमा छलफल भईरहेको छ । के छन् योजना आयागले आगामि ५ वर्षमा नेपालको मौद्रिक तथा वित्तीय क्षेत्रप्रति गरेका अपेक्षित उपलब्धी त्यसको लागि तयार गरेका सोच लक्ष्य र उद्देश्यहरु ।

पाँच वर्षका अपेक्षित उपलब्धीहरु
आगामी ५ वर्षमा वार्षिक औसत मुद्रास्फीति दर ६ प्रतिशतमा सिमित राख्ने, विस्तृत मुद्राप्रदायको औसत वृद्धिदर १५ प्रतिशत कायम गर्ने, विदेशी विनिमय संचिति कम्तिमा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने गरी कायम गर्ने र सबै नेपालीको बैंक खाता बनाउने अपेक्षा योजना आयोगले लिएको छ ।

त्यस्तै निजी क्षेत्रतर्फको कर्जाको औसत वृद्धिदर २० प्रतिशत कायम गर्ने, वित्तीय सेवाको पहुँच विस्तार गरी प्रति शाखा जनसंख्या ३ हजार कायम गर्ने र स्थानीय तहका सबै वडामा ई बैंकिङ सुविधा पुर्याउने लगायतका अपेक्षा पनि योजना आयोगको छ ।

वित्तीय तथा मौद्रिक रणनीति कस्तो
मौद्रिक तथा वित्तीय नीतिको प्रभावकारिता अभिवृद्धि गर्ने तथा वित्त नीतिसँग आवद्धता कायम गर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा पर्याप्त वित्तीय स्रोत तथा साधन परिचालन गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्दै दुर्गम तथा पिछडिएका क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्ने र सुरक्षित, आधुनिक र विद्युतीय भुक्तानी प्रणाली विकास गर्ने रणनीति योजना आयोगले लिएको छ ।

उद्देश्य तथा लक्ष्य
मुद्रास्फीति नियन्त्रण, शोधनान्तर बचत एवम् वित्तीय स्थायित्व हासिल गर्ने, वित्तीय पहुँच अभिवृद्धि गरी प्राथमिकता प्राप्त क्षेत्रमा वित्तीय साधनको उपलब्धता बढाउनु र भुक्तानी प्रणालीलाई सहज र विश्वसनीय बनाउने उद्देश्य लिएको छ । त्यस्तै उच्च, दिगो र रोजगारमुलक आर्थिक वृद्धि आसिल गर्न आन्तरिक तथा बाह्य स्थायित्व कायम गर्दै आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्ने लक्ष्य पनि योजना आयोगले लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]