March 25th, 2019

सिटिजन्स बैंकको सिईओमा गणेशराज पोखरेल

बैंकिङ खबर । सिटिजन्स बैंकको सिईओमा गणेशराज पोखरेल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत गणेशराज पोखरेललाई चैत्र १८ गते बाट लागु हुने गरि आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । पोखरेलले बैंकको स्थापनाकाल देखि नै आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका छन् ।

व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव बटुलेका पोखरेल बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित छन् ।उनले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर,कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकमा आबद्ध हुनु अगाडी उनले विभिन्न संस्थामा आबद्ध भई महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]