बैंकिङ खबर । एनआईसी एशिया क्यापिटले रमेन्द्र रायमाझीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । क्यापीटलको ५५औ सञ्चालक समितिको बंैठकले रायमाझीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । रायमाझी ११ वर्ष भन्दा बढीको राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव रहेको छ ।
रायमाझीलाई विगतमा गरेका कार्यसम्पादन र कार्यअनुभव आधारमा प्रमुख कार्यकारी अधिकृतमा नियूक्त गरिएको क्यापीटलले जनाएको छ । रायमाझीको नियूक्ती सँगै आगामी दिनमा व्यवसायको विस्तार र प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा थप उत्कृष्ट रहने विश्वास लिएको क्यापीटलले जनाएको छ । एनआईसी एशिया क्यापिटलले सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय, सेवा प्रदान गरीरहेको छ ।


