March 13th, 2019

नेपाल क्लियरिङ हाउसको सिइओ प्रधानको कार्यकाल ४ बर्ष थपियो

बैंकिङ खबर । नेपाल क्लियरिङ्ग हाउसले प्रमुख कार्यकारी अधिकृतमा नीलेश मान सिंह प्रधानको पदावधि थप गरेको छ । बुधबार बसेको क्लियरिङ्ग हाउसको सञ्चालक समितिको बैठकले प्रधानलाई २०७५ चैत १ गते देखि लागु हुने गरि चार वर्षको लागि पधावधि थप गरेको हो । प्रधान क्लियरिङ्ग हाउसमा २०६७ चैत देखि कार्यरत रहेका छन् । संस्थाको स्थापना देखि अहिलेको अवस्था सम्म ल्याउन प्रधानको भुमिका महत्वपुर्ण रहेको छ ।

काठमाडौं विश्व विद्यालयबाट बि.ई. र इण्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजिबाट एम.बि.ए गरेका प्रधानसँग बैंकिङ तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्ष भन्दा बढीको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव रहेको छ । नेपाल राष्ट्र बैंक, विभिन्न बैंकहरु र स्मार्ट च्वाइस टेक्नोलोजिको संयुक्त लगानीमा स्थापित नेपाल क्लियरिङ्ग हाउसले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरु स्थापना गर्ने उदेश्य लिएको छ । कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, कमर्सियल बैंकहरुबाट तीन जना, विकास बैंकहरुबाट एक जना, वित्त कम्पनीहरुबाट एक जना र स्मार्ट च्वाइस टेक्नोलोजिबाट एक जनाको प्रतिनिधित्व रहेको छ ।

क्लियरिङ्ग हाउसले हाल ल्ऋज्ी–भ्ऋऋ, ल्ऋज्ी–क्ष्एक् र अयललभअतक्ष्एक् भ–एबथmभलत प्रणालीहरु संचालन सञ्चालन गरिरहेको छ । जसबाट दैनिक औसत ३५ अर्ब रुपैयाँ बराबरको कारोबार हुो गरेको छ । संस्थामा ८० सदस्य बैंकका सञ्चालनमा ४५ सय भन्दा बढी शाखा आवद्ध रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]