२०७५ फाल्गुन १४ गते

वित्तीय पहुँच र स्थायित्वको लागि केन्द्रिय बैंक भन्दा सरकार गम्भिर हुनु पर्छ: नरबहादुर थापाको विश्लेषण 

नरबहादुर थापा। वित्तीय क्षेत्रमा दुई तिन वटा कुरा महत्वपुर्ण हुन्छ । पहिलो कुरा बैंक तथा वित्तीय संस्थाहरुको स्थिति अथवा रेन्ज के छ त्यो महत्वपुर्ण हुन्छ । नेपालमा २८ वटा वाणिज्य बैंक, ३३ वटा विकास बैंक, २४ वटा वित्त कम्पनी र ७२ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् । चार किसिमका बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकको नियमनको क्षेत्रभित्र भित्र रहेका छन् । यी वित्तीय संस्थाहरुमध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले एकल प्रकृतिको काम गर्दछन् । तिनलाई एउटा मान्ने हो भने नेपालमा एउटा वाणिज्य बैंकसँग सम्बन्धीत वित्तिय संस्था र अर्को लघुवित्त मात्र रहेका छन् । 

बैंकको संख्यात्मक वृद्धि भयो तर दायरा बढ्न सकेन
नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धि भयो तर यसको क्षेत्रगत रुपमा वृद्धि हुन सकेन् । यस्ता बैंकहरुलाई रेन्ज अफ बैंक भनिन्छ । त्यसैले विविध क्षेत्रमा का मगर्ने बैंक तथा वित्तीय संस्थाको अभाव रहेको छ । अन्य मुलुकमा विविध किसिमका बैंक तथा वित्तीय संस्थाहरु हुन्छन् । जसले जनतालाई जुन वित्तीय सेवा चाहियो त्यही प्रकृतिको सेवा उपलब्ध गराउँछन् । बहुसंख्यक नेपालीहरुले वित्तीय सेवा लिने भनेको वाणिज्य बैंकसँग नै देखिएको छ । यद्यपि लघुवित्त वित्तीय संस्थाहरुको संख्या हालसालै ७२ पुगेको छ । जसले लघुवित्त सेवा प्रदान गर्छ । अन्य मुलुकमा बैंकिङ क्षेत्रमा विविधिकरण छ । पुर्वाधाार विकास बैंक, एक्सपोर्ट इम्पोर्ट बैंक, लगायतका साना बैंक, भुक्तानी बैंक, क्षेत्रगत बैंकहरु छन् भने नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको संख्यामा उल्लेख्य वृद्धि भएपनि विविध किसिमका बैंक तथा वित्तीय संस्थाहरु छैनन् । त्यसले वित्तीय सेवाको च्वाईस हुन्छ जुन तप्काका जनतालाई वित्तीय सेवा चाहिन्छ त्यो अनुरुपको छैन । त्यसैले वित्तीय सेवाहरु केन्द्रिकरण भयो केही ब्यक्तिहरुले धेरै पाउने भए केही आय भएका केही सहर केन्द्रित सहरमा बसोबास गर्नेहरुले बढी पाउने भए । निम्न आय भएका विभिन्न ठाउँमा बस्नेहरु विभिन्न ब्यवसायगर्नेहरुलाई सोहीअनुरुपको वित्तीय सेवा उपलब्ध हुन सकिराखेको छैन । त्यसैले विश्वको र नेपालको भारतको र नेपालको त्यहि फरक हो ।

वित्तीय गहनता
वित्तीय क्षेत्रको कुरा गर्दा वित्तीय गहनता के छ । वित्तीय गहनताले कति सम्मको आघात थेग्न सक्छ भन्ने देखाउँछ । दक्षिण एशियाको तुलनामा नेपालको वित्तीय गहनता राम्रो छ । वित्तीय गहनता भनेको विस्तृत मुद्रा प्रदायको जिडिपीसँगको अनुपात लगायतलाई लिइन्छ । त्योे हिसाबले नेपालको वित्तिय गहनता दक्षिण एशियाको भन्दा राम्रो मानिन्छ । यो आइएमएफ र विश्व बैंकले संयूक्त रुपमा गरेको एफएफएसएपी  साफ अध्ययनले पनि देखाएको छ । त्यसैले पनि राम्रो छ भन्न सकिन्छ । विप्रेशण आप्रवाह बढेर निक्षेप मा वृद्धि भएकोले गर्दा पनि वित्तीय गहनता दक्षिण एशिया भन्दा राम्रो देखिन्छ ।

वित्तीय पहुँच
तेस्रो आयाम भनेको नेपाल र अन्य मुलुकहरुमा के छ भनेर हेर्न आयम भनेको वित्तीय पहुँचको अवस्था हो । वित्तीय पहुँचको अवस्था नेपालमा अन्य मुलुकहरुको तुलनामा कस्तो छ भनेर हेर्ने हो भने नेपालमा वित्तीय पहुँच अन्य देशको तुलनामा कम देखीन्छ । उदाहारणका लागि विश्व बैंकले सन् २०११, २०१४ र २०१७ गरी तिनवटा फिन्डेक्स (फाइनान्सीयल इन्क्यूजीङ डेटा बेश) सर्भे अध्ययन विश्व स्तरमा गरेको छ । विश्व बैंकले २०१७मा तयार पारेको फिन्डेक्सलाई आधार मान्ने हो भने ४५ प्रतिशत बयस्कको मात्र नेपालमा बैंक खाता रहेको विश्व बैंकको अध्यनले देखाएको छ । भारतको ८० प्रतिशत, चीनको ८० प्रतिशत, बेलायतको ९६ प्रतिशत , अमेरीकाको ९३ प्रतिशत र विश्वको औषत वित्तीय पहुँच ६९ प्रतिशत रहेको देखिन्छ । विश्वको औषत वित्तीय पहुँच नै करीब ७० प्रतिशत हुँदा नेपालको ५० प्रतिशत पनि नपुगेको हुनाले वित्तीय पहुँचमा पछाडी परेको देखिन्छ । २०११ म विश्व बैंकले फिन्डेक्स सर्भे गर्दा नेपालको वित्तीय पहुँच २५ प्रतिशत र भारतको ३५ प्रतिशत रहेको थियो । अहिले नेपालको २५बाट ४५ पुग्दा भारतको ३५ प्रतिशतबाट ८० प्रतिशत पुग्यो । सन् २०११ बाट सन् २०१७ मा आउँदा नेपालको पनि वित्तीय पहुँचमा वृद्धि त भयो तर भारतको ३५ बाट ८० को तुलनामा नेपालको २५ बाट ४५ मात्र भयो । त्यसैले वित्तीय पहुँचको मामलामा हामी अलि तल छौं । यसले अझै नीति निमार्ण गर्नुपर्ने तथा राज्य र राष्ट्र बैंकले केही काम गर्नुपर्ने देखाउँछ।

प्रविधिको प्रयोग
नेपालमा बैंकिङ प्रविधिको विस्तारै विस्तारै विकास भएको छ । वित्तीय पहुँच बढाउने उपायको रुपमा प्रविधिको प्रयोग भएको छ । अन्य देश खास गरी इस्ट अफ्रिका तथा भारतको तुलनामा अलिकति पछाडी परेको देखिन्छ । एटिएम कार्डकै कुरा गर्न सकिन्छ, इन्टरनेट बैंकिङको कुरा गर्न सकिन्छ, मोबाइल बैंकिङको कुरा गर्न सकिन्छ, एजेन्ट बैंकिङ र ब्रान्चलेस बैंकिङ सेवा लगायतका सबै सेवा बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगको अवस्था मापन गर्ने सुचक हुन् । 

एटिएमको प्रयोग, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, अनलाइन बैंकिङ, एजेन्ट बैंकिङ लगायतका बैंकिङ प्रविधिसँग सम्बन्धीत इन्डीकेटर हुन् । यिनिहरुलाई आधार मान्दा केही प्रगति त भएको छ । इस्ट अफ्रिकाको तुलनामा र भारतको तुलनामा हामी अलिकति पछाडी परेको अवस्थामा प्रविधिले सहयोग गर्ने भएकाले प्रविधिलाई जबरजस्त ढंगले अगाडी बढाउनुपर्ने खाँचो देखियो ।  जस्तै विश्व बैंकको फिन्डेक्स अनुसार नेपालको ४५ प्रतिशत एडल जनसंख्याको मात्रै बैंक खाता छ भनियो । त्यसको पछाडी प्रविधिको भुमिका छ । हामीले धेरै उन्नत किसिमको बैंकिङ प्रविधि उपयोग गर्न सकेनौ । छिमेकी मुलुक भारतको ८० प्रतिशत हुदाँ हामीमा ४५ प्रतिशत हुनुले पनि बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग कुन स्तरमा भईरहेको छ स्पस्ट हुन्छ । 

भारतमा मोदी सरकार आइसकेपछि सन् २०१४ पछि जुन आधार कार्ड, धन योजना कार्ड लागु गर्यो जसबाट वित्तीय पहुँच बढेको देखिन्छ । आधार कार्ड दिँदा बैंक खाता खोल्न सजिलो छ । केवाइसि सम्बन्धी जुन झन्झट् छन् ति झन्झट्बाट नागरिक मुक्त हुन्छन् । आधार कार्ड बोक्दा नागरिकता बोक्नु पर्दैन, विजुलिको विल तिरको कागज लोकेसन कहाँ बस्छ त्यसको प्रमाण दिनु परेन त्यही एउटा आधार कार्ड बोक्दा साथमा सरकारी काम र बैंक खाता खोल्ने कामसँगै सरकारबाट लिने सुविधाहरु लिन सजिलो भएकोले वित्तीय प्रविधिको प्रयोग बढाउनमा आधार कार्डले महत्वपुर्ण योगदान दिलायो । त्यसैले यसमा वित्ीय क्षेत्रको विकास र वित्तीय क्षेत्रमा सर्वसाधारणको पहुँचको सन्दर्भका केन्द्रिय बैंक भन्दा पनि सरकारको भुमिका महत्वपुर्ण हुन्छ जुन भारतको उदाहारणले प्रस्ट पार्दछ । 

वित्तीय क्षेत्रको विकास कुन बैंक तथा वित्तीय संस्था खोल्ने के गने त्यो राज्यले निणर्य गर्ने कुरा हो । बैंकिङ क्षेत्रको प्रविधिको विकासमा केन्द्रिय बैंकले काम गर्न सक्दैन सरकारले नै गर्ने हो । उदाहारणको लागि भारतले आधार कार्ड सुरु गर्यो त्यसले वित्तीय पहुँच बढाउन ठुलो योगदान दियो । फिस्कल पोलिसिमा पनि वित्तीय पहुँचको सवालमा बजेटको साथै केही नीतिगत सुधार गर्नु पर्ने हुन्छ । त्यसले सकारको कर असुली र अर्थतन्त्रको औपचारीक करण गर्नमा, सरकारको वित्तीय साधन परिचालन गर्नमा र सरकारी खर्च मितब्ययी ढंगले अथवा उत्पादनमुलक बनाउने हिसाबले बयवस्थापन गर्नमा सघाउँछ । यसको महत्वपुर्ण पक्ष भनेको वित्तीय पहुँच वित्तीय क्षेत्रको विकासको लगि केन्द्रिय बैंक र सकार बीच समन्वय हुनुपर्छ । वित्तीय क्षेत्रको प्रविधि र विकासमा सरकारले नेतृत्वदायी भुमिका खेल्नुपर्छ जुन भारतमा भारत सरकारले खेल्यो र यसको प्रतिफल स्वरुप २०११ मा ३५ प्रतिशत रहेको वित्तीय पहुँच २०१७ मा ८० प्रतिशत पुग्यो ।

फ्रेमवर्कको सुरुवात (ढाचाँ)
बेन्चमार्कको असल अभ्यास हामीले सुरु गर्नुपर्ने हुन्छ । जसले वित्तीय क्षेत्रको स्थायित्वमा योगदान पुर्याउँछ । स्थायित्व मार्फत वित्तीय क्षेत्रको विकासमा राम्रा काम गर्न सकिन्छ। वित्तीय क्षेत्रमा विश्वमा अभएका असल अभ्यासहरु छन् । ति अभ्यासहरुलाई दिगो रुपमा कार्यन्वयनमा लैजानुपर्छ पर्छ भने क्षणिक रुपमा प्रतिफल खोज्नु हुँदैन । वित्तीय क्षेत्रको स्थायित्वको अंकुसको रुपमा कुन इन्डीकेटरलाई लिने भन्ने छ । तरलता अुपात हो या सिसिडी रेसियो हो त्यसलाई दिगो रुपमा हामीले आत्मसाथ गर्नुपर्छ । जस्तै हामीले ब्याजदर स्प्रेडका कुरा गरेका छौं । बेस रेटका कुरा गरेका छौं । यी सबै कुराहरुको सन्दर्भमा हामीले असल अभ्यासलाई कार्यन्वयन गर्नुपर्ने हुन्छ । ब्याजदर करिडोर अर्को असल अभ्यास हो । यसलाई आवश्यकता अनुसार प्रयोग गर्ने नभएर यसलाई ब्यावहारमा उतार्नुपर्ने हुन्छ । 

त्यसले स्थायीत्व दिनुको साथै ब्याजरमा तरलतामा आउने उत्तार चढाबलाई न्यूनीकरण गर्ने उपायको रुपमा वित्तीय मापदण्डहरुको अनुसरण र कार्यन्वयन महत्वपुर्ण हन्छ । नेपाल र अन्य मुलुकको वित्तीय क्षेत्रको फरक यही नै हो । हामीले विभिन्न किसिमको दवाबको आधारमा यस्ता अन्तराष्ट्रि स्तरको असल अभ्यासलाई फेर्ने, बदल्लने र सस्पेन्डमा राख्नेकाम गछौं । जसले गर्दा हाम्रो दिगो विकास हुन सक्दैन अन्य देशमा कुनै कुरा अध्यन गरेर सुझबुझका साथ लागु गरिएको ब्यवस्थालाई निरन्तरता दिईन्छ । त्यसले राम्रो प्रतिफल दिन्छ । नेपालमा धेरै किसिमका समुहहरु स्थापना भएका छन् । उनीहरु आफ्नो क्षेत्रको स्वार्थको लागि केही कुराहरु गर्छन् । जुन उनीहरुको हिसाबले राम्रै हो । समग्र वित्तीय क्षेत्रलाई आधार मान्ने हो देशलाई अर्थतन्त्रलाई आधार मान्ने हो भने अन्त्तर्राष्ट्रिय असल अभ्यासलाई सुझबुझले भित्र्याउँदै कार्यन्वयन गर्नुपर्ने हुन्छ । जसले वित्तीय क्षेत्रको सवलिकरणमा महत्वपुर्ण योगदान दिन्छ । त्यसैले नेपालको वित्तीय क्षेत्र र अन्य देशको वित्तीय क्षेत्रमा भिएका पारमाटिर्सहरुको आधारमा हामीले तुलना गरेर के फरक छ भन्ने कुराको र्निक्योल गर्ने र अन्य देशको अनुभवबाट सिकेर सुधारका कार्यहरु निरन्तर रुपमा अगाडी बढ्नुपर्ने भन्ने बुझ्न जरुरी छ । हाम्रो विश्लेषण स्थिर खालको नभएर गतिशिल हुनु पर्छ । जसले भविष्य हेरेर अग्रगामी दृष्टिकोण राखेर काम गर्नुसक्छ । यही तथ्यलाई दृष्टिगत गरेर राष्ट्र बैंकले स्प्रेड रेट, बेस रेट जस्ता असल अभ्यास लाई कार्यन्वयन गर्दै आएको छ । (नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले मिडिया इन्टरनेसनलले​ आयोजना गरेको वित्तीय पहुँच विस्तारमा फाइनान्सियल टेक्नोलोजीको भुमिका विषेश कार्यक्रममा ब्यक्त गरेको विचारको आधारमा)