Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकद्धारा जीवन विज्ञान प्रतिष्ठानलाई आर्थिक सहयोग 

२०७५ पुष ९ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले नीवन विज्ञान प्रतिष्ठानलाई आर्थिक  सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वतन्त्र सामाजिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानलाई नयाँध्यान कक्ष निर्माणका लागि  एक लाख सहयोग स्वरुप चेक प्रदान गरेको हो । 

उक्त चेक जीवन विज्ञान प्रतिष्ठानका विवेक गुरागाईले ग्रहण गरे । जीवन विज्ञान प्रतिष्ठानले मनुष्यमा अन्तरर्निहित प्रतिभा, सिर्जना, सुख, शान्ति र समृद्धिको मूलमन्त्रलाई अपनाउँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैै आईरहेको छ । 


 

Ad