बैंकिङ खबर । एनआईसी एशिया बैंकले रामप्रसादराई गाउँपालिका वडा नं ६,भोजपुरस्थित बैकुन्ठमा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । रामप्रसादराई गाउँपालिका प्रमुख विजय राईले उक्त नयाँ शाखाको उद्घाटन गरे ।
हाल बैंकको २७० वटा शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ ईकाई मार्फत ग्राहकवर्गहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।