December 21st, 2018

गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको योगीकुटीमा 

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले पौष ६ गते रुपन्देही जिल्लाको योगीकुटीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त नयाँ  शाखा कार्यालयको उद्घाटन तिलोत्तमान गरपालिकाका मेयर बासुदेव घिमिरेले गरे । 

हाल बैंकको ६६ शाखा र १५ वटा एटीएम मार्फत आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न बैंकिङ सेवा तथा सुविधा दिदै आइरहेको छ । 

बैंकले निकट भविष्यमा नैै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा नयाँ शाखा कार्यलय स्थापना गर्ने योजना रहेको छ ।