यस नयाँ शाखासहित बैंकका ७९ शाखा संचालनमा छन् भने एटिएम संख्या ३२ पुगेका छन् । बैंकले निकट भविष्यमा महोत्तरी जिल्लाको गौशाला, रौतहट जिल्लाको शिवनगर, रुपन्देही जिल्लाको होराइजनचोक बुटवल, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा तथा अन्य विभिन्न ठाँउहरुमा २० भन्दा बढी शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२४ अर्व ५२ करोड निक्षेप संकलन गरी रु.२२ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।
बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, भिसा डेबिट काडर्, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।