बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेड र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटाालिटी प्रा. लि. बीच सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र सिद्घार्थ बिजनेस गु्रपका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले सयुक्त रुपमा हस्ताक्षर गरे ।
बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका हरेक होटेल तथा रेस्टुरेन्टका शाखा संजालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटाालिटी अन्तर्गत देशका विभिन्न स्थानमा गरी हाल १८ वटा होटेल तथा रेस्टुरेन्टहरु संचालनमा छन् । ती संचालनमा रहेका होटल तथा रेस्टुरेन्टबाट बैंकका कर्मचारी लगायत सम्पुर्ण ग्राहकवर्गहरुले विभिन्न सेवा तथा सुविधाहरुमा विषेश छुट पाउने छन् । बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइटेन्टी कार्ड देखाइ यी विविध सुविधाको लाभ लिन सक्नेछन् ।
हाल बैंकले ८३ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सम्पुर्ण ग्राहकवर्गहरुलाई विभिन्न सेवा तथा सुविधाहरु उपलव्ध गराउँदै आईरहेको छ । साथै,े चालु आर्थिक वर्ष भित्र थप ७ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।