December 19th, 2018

सिटिजन्स बैंक र ब्लू क्रस हस्पिटल बिच सम्झौता

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्लू क्रस हस्पिटल प्रा.लि बीच सम्झौता भएको छ । बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई हस्पिटलको विभिन्न सेवा तथा सुविधामा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापत्रमा बैंककातर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र हस्पिटलका तर्फबाट  व्यवस्थापन समूहका सदस्य सचिव  रजत श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले ब्लू क्रस हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिदा विशेष छुट पाउनेछन् । 

हाल बैंकले ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।