बैंकिङ खबर । भार्गव विकास बैंक लिमिटेडले बर्दियाको बारबार्दिया नगरपालिका वडा नंं. ९ स्थित कतर्निया बजारमा आफ्नो १७ औं शाखा स्थापना गरि औपचारिकरुपमा समुद्घाटन गरेको छ । बैंकका सञ्चालक जगदिशचन्द्र भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति, बर्दियाका उपसंयोजक मान बहादुर विष्टले शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा कर्तनियाबजार, औरीबजार, माछागढ, बैदीबजार र आसपासका ग्रामिण क्षेत्रका स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो । बैंकले आफ्नो कार्यक्षेत्र भित्रमा सेवा विस्तार गर्ने क्रममा आफ्नो १७ औं शाखाको रुपमा यस कतर्निया शाखाको स्थापना गरेको हो । यस ठाउँमा बैंक तथा वित्तीय संस्थामा भार्गव विकास बैंक लिमिटेड पहिलो बैंक रहन गएकोले त्यहाँका मानिसहरुमा उत्साह देखिन्थ्यो । यहाँका मानिसहरु बैंङ्किग सेवाको लागि मगरागढी र बासँगढी धाउनुपर्थ्यो अब आफ्नै घरदैलोमा बैंक आउँदा त्यहाँका मानिसमा हर्षोउल्लास देखिन्थ्यो ।
यस शाखाबाट शुरुवात देखि नै बैंकले प्रदान गर्ने सम्पूर्ण कर्जा सुविधाहरु छिटो र सरल रुपमा उपलब्ध गराउनुको साथै सबै संघसंस्थाहरु, तथा सबै खालका तह र तप्काका ब्यक्तिहरुलाई मध्येनझर गरि विभिन्न खालका बचत योजनाहरु, आवधिक मुद्दती योजनाहरु, रेमिटेयान्स सुविधा, मोबाईल बैकिंङ्ग सेवा, चेक क्लियरिङ्ग सुविधा लगायतका अन्य सम्पुर्ण सेवाहरु उपलब्ध गराइनेछ ।
सो उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले छोटो मन्तव्य राख्दै यस क्षेत्र तथा आसपासका गाँउ गाँउ सम्म आर्थिक विकास गर्न बैंकले उचित भूमिका खेल्ने लक्ष्य सहित यस क्षेत्रका ग्राहक वर्गको चाहना र आवश्यकता अनुसार नै सेवा प्रवाह गर्दै जाने जानकारी गराउँदै यस शाखाले स्थानियवासीको अगाध माया तथा सद्भाव पाउने कुरामा आफु विश्वस्त रहेको बताए ।
स्थापना कालदेखि नै आफ्नो छुट्टै पहिचान बनाई ग्राहक वर्गको अत्याधिक मन जित्न सफल तथा संचालनको छोटो समयमा नै एक सफल र स्थानीयबासीहरुको विश्वसनीय बैंक बन्न सफल यस बैंकले आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक बैकिङ्गका साथै छिटो तथा सरल कर्जा र निक्षेपमा उच्चतम् ब्याजदर प्रदान गर्दै आईरहेको छ ।