Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गोरखाको पालुङ्गटारमा पोखरा फाइनान्सको नयाँ शाखा 

२०७५ मंसिर २८ गते

बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडले गोरखाको पालुङ्गटार न.पा. ५, ठाँँँटीपोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको उद्घाटन संस्थाका अध्यक्ष भुवनसिं गुरुङ तथा पालुङ्गटार नगरपालिकाका नगर उपप्रमुख  पम्फा बसेलले संयुक्त रुपमा गरे । 

उक्त कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ, पालुङ्गटार इकाईका उपाध्यक्ष आशिष देवकोटा तथा बजार व्यवस्थापन समितिका अध्यक्ष तेजु गिरी र समाजसेवी विमल ढकालले शुभकामना मन्तव्य व्यक्त गरे । 

हाल संस्थाको चुक्ता पुँजी रु. ८५.७२ करोड रहेको छ । उक्त पालुङ्गटार शाखा मार्फत् निक्षेप एवं कर्जा, मोबाइल बैंकिड्ड तथा c-ASBA लगायतका विभिन्न सेवा तथा सविधाहरु ग्राहकवर्गहरुलाई दिने कुरा कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले व्यक्त गरे । 

Ad