Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैँकको चार नयाँ शाखा विस्तार

२०७५ मंसिर २८ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंक लिमिटेडले मंसिर २७ र २८ गते थप चार नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर २७ गते रुपन्देही जिल्ला, ओम सतीया गाउँपालिका वडा नं १, स्थित ठुटीपिपल शाखा तथा रुपन्देही जिल्ला, रोहिणी गाउँपालिका वडा नं ३ स्थित धकधई शाखा स्थापना गरेको हो भने मंसिर २८ गते काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिल शाखा तथा धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं ४, स्थित जनकपुरमा नयाँ शाखा संचालनमा ल्याएको हो । 

हाल बैंकको कुल शाखा संख्या ८९ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।


                                    
                
 

Ad