ग्लोबल आइएमई बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा

December 13, 2018

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले प्रदेश नं. ७ को कैलाली जिल्लास्थित गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा शाखा कार्यालय संचालनमा ल्याएको छ । यस अत्तरिया शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३३ पुगेको छ । कैलाली जिल्लाको अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्धेश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *