बैंकिङ खबर । माच्छापुच्छ्रे बैंक लिमिटेड र नेपाल पुर्व प्रहरी संगठन बीच सम्झौता भएको छ । नेपाल पूर्व प्रहरी संगठनको साधारण सभाको अवसरमा नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छे« बैंक लिमिटेड बिच सरल कर्जा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हो ।
नेपाल पूर्व प्रहरी संगठनको तर्फबाट संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छे« बैंक लिमिटेडको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार पूर्व प्रहरीहरुलाई पेन्सन पट्टा धितो राखी कर्जा उपलब्ध गराइने छ ।
उक्त कार्यक्रममा बोल्दै पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माच्छापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले आर्थिक सम्मुन्नत लगायत आपसी सद्भाव र भाईचाराको समेत विकाश हुने कुरा बताए । साथै, माननीय प्रतिनिधि सभा सदस्य नवराज सिलवालले सम्झौताबाट सानो भन्दा सानो तहको पूर्व प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गरी आर्थिक सम्मुन्नत बनाउने कुरा व्यक्त गरे ।
