December 13th, 2018

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका दुई शाखा विस्तार

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको शंकरनगर तथा नवलपरासी जिल्लाको सुनवलमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । 

हाल बैंकले ३८ शाखा कार्यलय तथा एउटा एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकवर्गहरुलाई सेवा तथा सुविधा दिदै आइरहेको छ । बैंकले निकट भविष्यमा नै रुपन्देहीको कोटीहवामा नयाँ शाखा कार्यालयको विस्तार, बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माणका साथै, बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिग पहुंच पुरयाउने रणनीति अनुरुप कार्य  गर्दै आइरहेको बैंकले जनाएको छ । 

बैंकको चुक्ता पूँजी १ अर्व ६२ करोड रहेको यस बैंकले १५ अर्व ५५ करोड निक्षेप परिचालन गरि १४ अर्व  कर्जा लगानी गरेको छ  ।