बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्ुाशिल कुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले अस्पतालका विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा विशेष छुटको पाउनेछन् ।
हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत आफ्ना ग्रहकवर्गहरुलाई सेवा तथा सुविधाहरु उपलव्ध गराउँदै आईरहेको छ ।
बैंकले चालु आर्थिक वर्ष भित्र ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने योजना रहेको बैंकले जनाएको छ ।