December 12th, 2018

पोखरा फाइनान्सको नयाँ शाखा कास्कीको बाँझापाटनमा

बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडले कास्की जिल्लाको पोखरा म.न.पा. १३, बाँझापाटनमा नयाँ शाखा समुद्घाटन गरेको छ । उक्त नयाँ शाखाको समुद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सि.ले गरे ।

उक्त कार्यक्रममा पोखरा म.न.पा. १३ का वडा अध्यक्ष लेख बहादुर तामाङ, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी र कोन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शरद कान्त सिग्देलले शुभकामना मन्तव्य व्यक्त गरे ।

हाल संस्थाको चुक्ता पुँजी रु. ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ५ अर्व ७ करोड तथा कर्जा लगानी रु. ४ अर्व ४३ करोड एवं जगेडा कोषमा रु. २४ करोड ९२ लाख रहेको छ ।