बैंकिङ खबर । कैलाश विकास बैंक पनि मर्जर तथा एक्विजिसनमा सामेल हुने भएको छ। बैंकले मर्जर तथा एक्वीजिसनलार्इ प्राथमिकतामा राख्दै पुस २२ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाको विशेष प्रस्तावमा कैलाश विकास बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने संस्था पहिचान, सम्झौतापत्रमा हस्ताक्षर, दायित्व तथा मूल्याङ्कनकर्ता नियुक्ति र पारिश्रमिक निर्धारण, लगायतका आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने उल्लेख गरिएको छ ।
साधारणसभाले चुक्तापुँजी दुई अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँको १७ प्रतिशतले हुन आउने ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ नगद लाभांश पनि अनुमोदन गर्ने छ । आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।
नगद लाभांश तथा साधारण सभा प्रयोजनको लागि बैंकले पुस ६ गतेदेखि २२ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार पुस ५ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त लाभांश पाउनेछन् ।