बैंकिङ खबर । ज्योती विकास बैंक लिमिटेडले मंसिर २४ गते कास्की जिल्लाको घान्द्रुकमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यलयको औपचारीक उद्घाटन अन्नपूर्ण गाउँपालिका वडा नं १० का अध्यक्ष कुमार गुरुङ्गू तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले सयुक्त रुपमा गरे ।
हाल बैंकले ८१ वटा शाखा कार्यालय २२ वटा एटिएम मार्पmत आफ्ना ग्राहकवर्गहरुलाई सेवा दिदै आइरहेको छ । साथै, बैंकले चालु आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने योजना रहेको बैंकले जनाएको छ ।