बैंकिङ खबर । गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले उक्त शाखाको उद्घाटन गरे ।
बैंकका सञ्चालक कृष्ण बहादुर थापाक्षेत्रीको अध्यक्षतामा सम्पन्न शाखा उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका उपनिर्देशक नारायण प्रसाद पोख्रेल, कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा र उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।