September 23rd, 2018

‘दोस्रो थोक मुल्य सर्वेक्षण’ सार्वजानिक, २४ वटा बजारका २६२ वस्तुको सर्वेक्षण

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सोमबार दोस्रो थोक मुल्य सर्वेक्षण सार्वजानिक गरेको छ । थोक मुल्य सर्वेक्षण गर्नका लागि सात वटा मुल्य सुचकांकहहरुको निर्माण गरिन्छ । जसमध्ये नेपाल राष्ट्र बैंकले ४ वटा मुल्य सुचकांकहरुको प्रयोग गरी थोक मुल्य सार्वजानिक गरेको हो । यसपटकको सर्वेक्षणमा २४ वटा बजार र २६२ वटा वस्तुको छनौट गरिएको छ । 

आर्थिक क्रियाकलापमा आएको परिवर्तन, वस्तु तथा सेवा बजारमा बढेको माग तथा मूल्यमा भएको वरिवर्तनको आधारमा राम्रो आर्थिक क्रियाकलाप भएको क्षेत्रलाई अबको दिनमा ध्यान दिनुपर्ने गभर्नर डा. चिरंजीबि नेपालले बताए । 

२०५६/५७ देखि नेपाल राष्ट्र बैंकले थोक मुल्य निर्धारण गर्दै आएको छ । थोक मुल्य एउटा व्यवसायी संस्थाले उत्पादन गरेको वस्तु तथा सेवा पुनः अर्को संस्थालाई विक्री गर्ने मुल्य हो ।

हाल ८५ वटा मुलुकले ध्एक्ष् निर्माण गर्दै आएका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन् “उत्पादित वस्तु तथा सेवा रिटेल सम्म पुग्दा कति मुल्यमा पुगेको छ । वस्तु तथा सेवाको उत्पादन खर्च कति र सेवाग्राहीसम्म पुग्दा कति मुल्यमा पुगेको छ । मुल्यमा कति परिवर्तण आयो भनेर ध्एक्ष् निर्माण गरेको हो ।”

नेपाल राष्ट्र बैंकद्धारा सार्वजनिक थोक मूल्य सर्वेक्षण जस्ताको तस्तै हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

Study_Reports– दोस्रो_थोक_मूल्य_सर्वेक्षण_प्रतिवेदन_२०७५-new


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]