August 7th, 2018

एउटा बाणिज्य बैंक : जो बर्षौँदेखि राष्ट्रिय हितविपरित चलिरहेको छ

बैंकिङ खबर । स्टान्डर्ड चाटर्ड बैंक नेपाल राष्ट्र बैंककै मातहतमा संचालित क वर्गको बैंक हो । अधिकतम विदेशी लगानीमा स्थापित यो बैंक विभिन्न कारणले आलोचित भइरहेको छ । सूचना लुकाउने, केन्द्रीय बैंकको निर्देशनको पालना नगर्ने लगायतका कारण यो बैंकको धेरै नै टिकाटिप्पणी हुने गरेको छ । हरेक वर्ष अरबौँ नाफा कमाउाँदै आएको बैंक राष्ट्रिय हितका लागि काम गर्ने कुरामा निकै पछाडी रहेको छ । सन् १९८७ मा नेपाल प्रवेश गरेको यस बहुराष्ट्रिय बैंकले राष्ट्रिय हितलाई पन्छाउँदै मुनाफा आर्जनलाई मात्रै ध्यानमा राखेको छ ।

उत्पादनमुलक क्षेत्रमा लगानी कम 
स्टान्डर्ड चाटर्ड बैंकले उत्पादनमुलक क्षेत्रमा भन्दा बढी नाफामूलक क्षेत्रमा लगानी गरेको छ । उत्पादनमूलक क्षेत्रमा शून्य बराबर लगानी गरेको बैंकले घरजग्गाा लगायतमा लगानी गरेर छोटो समयमा धेरै मुनाफा आर्जन गर्ने नीति लिएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा २५ प्रतिशत लगानी गर्न निर्देशन दिएको छ । त्यसमध्ये पनि १० प्रतिशत कृषिमा र पाँच प्रतिशत  उर्जामा लगानी गर्नुपर्ने भनिएको छ । स्टान्डर्ड चार्टर्ड बैंकले उक्त नीतिलाई आत्मसात् गरेको छैन । बैंकले उत्पादनमूलक क्षेत्रमा जम्मा आठ प्रतिशत लगानी गरेको छ । 

शाखा विस्तारमा पछाडी
शाखा संजालका हिसाबले स्टान्डर्ड चार्टर्ड बैंकको अवस्ता दयनीय रहेको छ । हालसम्म बैंकले १२ वटा शाखा मात्रै विस्तार गरेको छ । ती शाखाहरु पनि मुलुकका प्रमुख सहरहरुमा मात्रै छन् । १२ मध्ये पाँच शाखा  काठमाडौँ उपत्यकाभित्रै रहेका छन् । बाँकी शाखा, नेपालगञ्ज, पोखरा, धरान, वीरगञ्ज, नारायणगढ, बुटवल र विराटनगर जस्ता सहरहरुमा रहेका छन् । सबै स्थानीय तह तथा दुर्गम भेगमा बैंक पुर्याएर ससानो पूँजीलाई पनि बैंकिङ क्षेत्रमा ल्याउने र समग्र मुलुकको आर्थिक विकास गर्ने नेपाल राष्ट्र बैंक तथा सरकारको उद्देश्य रहेको छ । तर राष्ट्रिय हीतभन्दा पनि पर रहेर मुनाफामा मात्र केन्द्रीत यस बैंकले दर्गम भेगमा शाखा खोल्न मानेको छैन । हालसम्म बैंकले एउटा मात्रै एक्सटेन्सन काउन्टर विस्तार गरेको छ, जुन ललितपूरको युएन बिल्डिङमा रहेको छ । यसबाहेक, काठमाडौँ उपत्यकाभित्र ११ सहित कुल २१ वटा एटिएममार्फत स्टान्डर्ड चार्टर्ड बैंकले सेवा दिइरहेको छ । 

यो बैंकमा ७०.२१ प्रतिशत स्वामित्व स्टान्डर्ड चार्टर्ड ग्रुपको रहेको छ भने बाँकी २९.७९ प्रतिशत लगानी नेपाली सर्वसाधारणको रहेको छ । संसारभर १७०० वटा शाखामार्फत ७० वटा देशमा आफ्नो संजाल  फैलाएको स्टान्डर्ड चार्टर्ड अहिलेको समयमा विश्वकै सबैभन्दा ठूलो बहुराष्ट्रिय कम्पनी हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]