चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा जेबिल्स फाइनान्सले २९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । जेबिल्सले गत वर्षको तुलनामा ४०.०४ कम नाफा कमाएको हो । अघिल्लो आवको सो अवधिमा कम्पनिले ४९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
फाइनान्सले निक्षेपमा ३.८१ प्रतिशतले वृद्धि गरी ८७ करोड ८ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा गत वर्षको भन्दा १५.७ प्रतिशन बढी अर्थात् ८२ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनिको खुद व्याज आम्दानी २१.४२ प्रतिशतले घटेर २ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गत वर्षको तेस्रो त्रैमासमा १२ लाख रुपैँया घाटामा रहेको संचालन मुनाफा यस वर्ष ४० लाख रुपैयाँ पुगेको छ । फाइनान्सले प्रोभिजनमा ६० लाख रुपैयाँ राखेको छ ।
फाइनान्सको निष्कृय कर्जा ५.४७ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति २८.१८ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी १.५७ रुपैयाँ र मुल्य आम्दानीको अनुपात १२०.३८ गुणा रहेको कम्पनिको प्रतिशेयर नेटवर्थ १११.४७ रुपैयाँ रहेको छ भने तरलता अनुपात ३०.१७ प्रतिशत रहेको छ ।