२०७४ पुष १३ गते

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल

बुधबार(पुस १२ गते) बसेको मुक्तिनाथ विकास बैंक लि.को सञ्चालक समितिको बैठकले सञ्चालक खिम प्रकाश मल्ललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । मल्ल विगत ६ वर्षदेखि मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिका सदस्य थिए । निवर्तमान अध्यक्ष मीन प्रसाद गुरुङ्ग प्रदेश नं. ४ अन्तर्गत स्याङ्गजा जिल्ला १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि मल्लले उक्त जिम्मेवारी सम्हालेका हुन् । 

सञ्चालक समितिको अध्यक्षमा चयन भएपश्चात पुस १२ गते नै मल्लले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तमणि सिवाकोटीबाट पद तथा गोपनीयताको सपथ ग्रहण समेत गरेका छन् । व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका मल्ल हाल निर्माण व्यवसायमा संलग्न छन् ।