Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बहसमा बैंकिङ पहुँच : ताप्लेजुङका सबैजसो स्थानीय तह बैंकबिहीन

२०७४ मंसिर ७ गते

बैंकिङ खबर / पूर्वी पहाडी जिल्ला ताप्लेजुङ बैंकिङ पहुँचमा एकदमै कमजोर देखिएको छ । जिल्लाका ९ स्थानीय तह मध्ये ८ स्थानीय तहमा हाल सम्म बैंक शाखा पुग्न सकेका छैनन् । जिल्ला सदरमुकाम स्थित पुलिङ्ग नगरपालिका बाहेक कुनै पनि स्थानीय तहमा बैंक पुग्न सकेका छैनन् । स्थानीय तहमा बैंक शाखा नहुँदा स्थानीयहरु समस्यामा परेका छन् । जिल्लाभरका सबै नागरिक बैंकिङ कारोबार गर्न जिल्ला सदरमुकाम नै जानु पर्ने बाध्यता छ । जिल्लाका ९ स्थानीय तह मध्ये सदरमुकाममा मात्रै बैंक हुँदा चाहेर पनि बैंकिङ कारोबार गर्न नपाएको स्थानीयको गुनासो छ । 

बैंक नपुगेका स्थानीय तह

आठराई त्रिवेणी गाउँपालिका 
सिदिङ्वा गाउँपालिका 
फक्ताङलुङ गाउँपालिका 
मिक्वाखोला गाउँपालिका 
मेरिङ्देन गाउँपालिका 
मैवाखोला गाउँपालिका 
याङवरक गाउँपालिका 
सिरिजङ्घा गाउँपालिका

बैंक पुगेको स्थानीय तह
जिल्लाको एउटा स्थानीय तहमा मात्रै बैंक शाखा पुगेको छ । ताप्लेजुङ जिल्ला सदरमुकाम क्षेत्रमा रहेको पुलिङ्ग नगरपालिकामा मात्रै बैंक छ । हाल सम्म अन्य स्थानीय तहमा बैंक शाखा पुगेको छैन् । बैंकहरुले जिल्लाका केहि स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने भने पनि हाल सम्म शाखा खोल्न कुनै प्रक्रिया नथाल्दा यहाँका करिब ९० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर रहेका छन् ।