November 14th, 2017

सामाजिक सञ्जालबाट यसरी हुन्छ ठगी, राष्ट्र बैंकका प्रवक्ता पौडेलले गरे खुलासा

बैंकिङ खबर । फेसबुक लगायतका सामाजिक सञ्जालमा आर्थिक ठगी हुने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताएका छन् । मंगलबार आफ्नो फेसबुकमा स्टाटस राख्दै सामाजिक सञ्जालमा विभिन्न गिरोहले आर्थिक ठगी गर्ने गरेको प्रवक्ता पौडेलले बताएका हुन् । 

‘तपाईँलाई उपहार परेको छ, अब कर वापतको यति रकम बैंक खातामा जम्मा गरिदिनुहोस्’ भनेर गिरोहले ठगी गर्ने गरेको प्रवक्ता पौडेलले फेसबुकमा लेखेका छन् । पौडेलले आफ्नो फेसबुकमा ठगी धन्दा हुने गरेको प्रमाण भन्दै दुई तस्विरहरु समेत संलग्न गरेका छन् । यस्तो ठगीमा जो कोहि फस्न सक्ने भन्दै उनले सबैलाई सचेत रहन समेत स्टाटसमार्फत आग्रह गरेका छन् । 

प्रवक्ता पौडेलले यस्तो लेखेका छन्ः 

‘‘फेसबुक वा अन्य सोसियल मिडियामा पुरस्कार पर्याे, सामान आउँदैछ भनि कर वापतको यति रकम यो खातामा जम्मा गर्नु भनि ठगी धन्दा हुने गरेको छ । ठगहरुबाट सबैजना सतर्क रहनु होला । आफन्तबिचमा पनि शेयर गर्नुहोला । यसको नमुना पनि पेश गरेको छु ।’’
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]