२०७४ असार ६ गते

शतप्रतिशत हकप्रद जारी गर्दै समिट माइक्रोफाइनान्स

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गरेको छ । सेयर निष्काशन गर्ने अनुमति माग गर्दै बैंकले असार २ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

समिटले एक सय रुपैयाँ अंकित दरमा सात करोड २५ लाख रुपैयाँ बराबरको सात लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

हाल समिट माइक्रोफाइनान्सको चुक्तापुँजी सात करोड २५ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि माइक्रोफाइनान्सको चुक्तापुँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।