Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

शतप्रतिशत हकप्रद जारी गर्दै समिट माइक्रोफाइनान्स

२०७४ असार ६ गते
सेयर:

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गरेको छ । सेयर निष्काशन गर्ने अनुमति माग गर्दै बैंकले असार २ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

समिटले एक सय रुपैयाँ अंकित दरमा सात करोड २५ लाख रुपैयाँ बराबरको सात लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

हाल समिट माइक्रोफाइनान्सको चुक्तापुँजी सात करोड २५ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि माइक्रोफाइनान्सको चुक्तापुँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।