Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडे लघुवित्तमा जागीर खुल्यो, +२ पासलाई अवसर (विज्ञापनसहित)

२०७४ असार १ गते
सेयर:

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजातप्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था नेरुडे लघुवित्त विकास बैंक लिमिटेडमा जागीर खुलेको छ । विराटनगरमा केन्द्रीय कार्यालय रहेको बैंकले केही संख्यामा सहायक उत्प्रेरक माग गरेको हो । बैंकले चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, दाङ, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, अर्घाखाँची लगायतका जिल्लाका कार्यालयहरु र यस बैंकका दुर्गम ग्रामिण क्षेत्रमा स्थापना हुने कार्यालयहरुमा लघुवित्त सम्बन्धी फिल्डकोम काम गर्ने कर्मचारी आवश्यक परेको बताएको छ । प्रविणता तह उतीर्ण गरी कम्प्युटरसम्बन्धी तालिम लिएका र उमेर १८ वर्ष पूरा भइृ ३५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउने बताइएको छ । लघुवित्त क्षेत्रमा काम गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइने बताइएको छ । आवेदन फारम असार १५ सम्ममा बुझाउन सकिनेछ ।