शैक्षिक सत्र– २०७३ को “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति” को नतिजा सार्वजनिक भएको छ । राष्ट्र विकासका कर्णधार विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्देश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा उक्त छात्रवृत्ति प्रदान गर्न लागेको हो । निर्धारित समयमा रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णय गरी अन्तिम नतिजा मंगलबार प्रकाशन गरेको हो ।
उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायिक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएका सदर आवेदनका आधारमा एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिएको हो । आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकको संयुक्त पहलमा ल्याईएको यो योजना यी दुवै वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्दछ ।
छात्रवृति सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई तथा ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर छात्रवृति प्रदान गरेको जानकारी गराए । साथमा यो छात्रवृति पूर्ण नभएपनि यसले दिन खोजेको सन्देश बृहत् रहेको धारणा व्यक्त गरे ।
त्यस्तै, छात्रवृति समितिका सह–संयोजक डेनियल डी. श्रेष्ठ, हिसान उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, प्याब्सन अध्यक्ष विजय सम्बाहम्फे, आईएमई तथा ग्लोबल आईएमई बैंकका सीईओद्वय सुमन पोखरेल र अनिल ज्ञवालीले आकांक्षा छात्रवृति योजनाको विषयमा प्रकाश पारेका थिए ।
आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि नै छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।
ईच्छुक विद्यार्थीका लागि यी संस्थाका वेब साईट एवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विद्यालय प्रधानाध्यापकको सिफारिस सहित २०७३ साल कार्तिक ३ देखि मंसिर १५ सम्म आवेदन आह्वान गरिएको थियो ।
छात्रवृति प्राप्त गर्न सफल छात्र÷छात्राहरुको नामावली हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।