April 12th, 2016

प्रभु मनि ट्रान्सफरको नयाँ वर्ष योजना : रेमिट्यान्स लिँदा ३ जी सिम

prabhu moneyप्रभु मनि ट्रान्स्फरले नेपाल टेलिकमसँग मिलेर विदेशवाट नेपाल पठाएको पैसा भुक्तानी लिँदा पैसा लिने आफन्तलाई ५० रुपैयाँ टक टाईम भएको ३ जी सिम वा रिम कार्ड निःशुल्क दिने भएको छ । कम्पनीको स्किम बैशाख १ गतेवाट सुरु हुने छ भने सिमकार्डको मौज्दात रहेसम्मा लागि सो स्किम रहने जनाइएको छ । 

प्रभु मनि ट्रान्सफरले जनाएअनुसार पुर्वाअञ्चल, मध्य पश्चिमाअञ्चल, र सुदुर पश्चिमाअञ्चलमा सिम कार्ड वितरण कार्यको सबै तयारी पुरा भई सकेको छ । बाँकी क्षेत्रहरुमा आगामी साताभित्र वितरणको तयारी गरिसक्ने कम्पनीले जनाएको छ ।

सिमकार्ड वितरण तथा एक्टीभेसन देशभरका प्रभु मनि ट्रान्स्फरसँग आवद्ध भुक्तानी सव–एजेन्ट तथा सहकारी संस्था (बैंक तथावित्तिय संस्थावहेकका) मार्फत हुने छ । बैंक तथा वित्तिय संस्थामार्फत भुक्तानी लिएको भए त्यही नम्वरवाट अन्य कुनै सव–एजेन्टको काउन्टरमा गएर आवेदन गरेमा सिमकार्ड लिन सकिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

योजना अवधि भरी करिव तीन लाख सिम तथा रिम कार्ड वितरण गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।