विराटलक्ष्मी विकास बैंक लिमिटेडको मूनाफामा ९४ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ९ करोड २२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ४ करोड ७६ लाख रुपैयाँ कमाएको बैंकले यस बर्ष ९४ दशमलव ३३ प्रतिशतले वृद्धि गरेर ९ करोड २२ लाख रुपैयाँ कमाएको हो । ५० करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको विराटलक्ष्मी बैंकले जगेडाकोषमा १८ करोड ९६ लाख रुपैयाँ छुटाएको छ ।
बैंकले निक्षेपमा जम्मा शुन्य दशमलव ३४ प्रतिशतले वृद्धि गरी ४ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ३ अर्ब ४७ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी ५९ दशमलव ९४ प्रतिशतले बढेर २२ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९४ दशमलव ३३ प्रतिशतले बढेर १४ करोड ४९ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा २ करोड ३२ लाख रुपैयाँ राखेको छ । विराटलक्ष्मी बैंकको निष्कृय कर्जा १ दशमलव ३५ प्रतिश, जोखिम युक्त सम्पत्ति १७ दशमलव ०३ प्रतिशत, प्रतिशेयर आम्दानी २४ दशमलव ४० रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव ९२ गुणा, प्रतिशेयर नेटवर्थ १३७ दशमलव ६३ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ०९ प्रतिशत रहेको छ ।