Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकका चार वटा शाखा विस्तार

२०७३ फाल्गुन २६ गते

मुक्तिनाथ विकास बैंक लिमिटेडले नवलपरासीको भुमही, पर्साको वीरगञ्ज, ओखलढुङ्गाको सिद्धिचरण र रामपुर गरी ४ वटा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले फागुन २४ र २६ गते उक्त शाखाहरुको उद्घाटन गरेको हो । नवलपरासीको भुमही शाखाको समुद्घाटन नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भीम बहादुर थापा क्षेत्रीले, वीरगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकाल र ओखलढुङ्गाको सिद्धिचरण शाखा र रामपुर शाखाको समुद्घाटन ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दहालले गरेका छन् । 

भुमही शाखा र वीरगंज शाखाको उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले र ओखलढुङ्गाको सिद्धिचरण शाखा र रामपुर शाखाको समुद्घाटन कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको विगत, वर्तमान अवस्था र बैँकको भावी रणनीति बारेमा चर्चा गरेका थिए । बैँकले कृषि क्षेत्रको विकास र विस्तार गर्न उपयुक्त वित्तीय सेवाहरु कार्यान्वयनमा ल्याउने बताएका थिए । 

बैंकका उक्त ४ वटा शाखा समुद्घाटन कार्यक्रममा उक्त क्षेत्रका व्यापारी, समाजसेवी, कृषक र स्थानीय नागरिकहरु लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मान्यतालाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउदो कुल ५५ वटा शाखा कार्यालयहरुबाट १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । मुक्तिनाथले हालसम्म कुल रु. १५ अर्ब  निक्षेप संकलन गरी रु. १३.५ अर्ब कर्जा लगानी गरेको छ ।