Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले विभिन्न कोषमा रहेको रकम लगानी गर्ने, बैंकहरुसँग प्रस्ताव माग

२०७३ फाल्गुन १२ गते

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम लगानी गर्नुपर्ने भन्दै बैंक तथा वित्तीय संस्ताहरुसँग रकम लिने प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकलाई ३६६ दिनको मुद्दती निक्षेपको रुपमा रकम लैजान आह्वान गरेको हो । ०७३ चैत्र १ गतेदेखि ०७४ फागुन ३० गतेसम्मका लागि उपलब्ध गराउन लागेको रकमका लागि आगामी १७ गते अपरान्ह ३ बजेभित्र शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरी बुझाउन आह्वान गरिएको छ । 

थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 
http://202.70.81.32/fmd/inv_notices/Investment_Notice_2073.11.11.pdf