Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

विकास बैंकमा लाभांशको आकर्षण बढ्दै, गरिमाले बाँड्ने भयो २० प्रतिशत

२०८३ भाद्र १९ गते

बैंकिङ खबर / विकास बैंकहरूले शेयरधनीलाई राम्रो लाभांश दिन थालेका छन्। यही क्रममा गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। नगद लाभांशमा लाग्ने करसमेत समावेश हुनेछ। 

हाल बैंकको चुक्ता पुँजी करिब ६ अर्ब २ करोड रुपैयाँ रहेको छ। प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी पुग्नेछ। तर प्रस्तावित लाभांश वितरणका लागि अझै नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक छ। त्यसपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले लाभांश पाउनेछन्। गरिमा विकास बैंकको यो प्रस्तावसँगै विकास बैंकतर्फ शेयरधनीलाई आकर्षक प्रतिफल दिने प्रतिस्पर्धा बढ्न थालेको देखिएको छ।