२०८२ चैत्र १३ गते

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त, अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले !

बैंकिङ खबर / प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो । आम नागरिकले बालेन सरकारबाट मुलुकमा स्थायी शान्ति, विकास, समृद्धि र अर्थतन्त्रको बलियो सम्भावना हुने अपेक्षा गरेका छन् । विगत लामो समयदेखि राजनीतिक अस्थीरतामा रुमल्लीएका कारण देशमा आर्थिक पक्ष निकै कम्जोर हुँदै गएको छ ।

अर्थमन्त्रीमा डा.स्वर्णिम वाग्ले : आर्थिक विज्ञतामा पूर्ण अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले नियुक्त भएपछि देशको अर्थतन्त्र सुधार हुनेमा आशा बढेको छ । डा. वाग्ले आर्थिक विज्ञ तथा योजनाविद् पनि हुन् । उनको जन्म गोरखा जिल्लामा भएको थियो। वाग्लेले हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेका छन् भने अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनले विभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुसँग काम गरीसकेका छन् । गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा उनी जानकार मानिन्छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्षको समेत जिम्मेवारी सम्हालीसकेका वाग्ले पछिल्ला केहीबर्षबाट सक्रिय राजनीतिमा लागेका हुन् । उनी तनहुँ क्षेत्र नं १ बाट निर्वाचित साँसद हुन् ।