Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
ट्रेन्डिङ

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको अन्तिम तयारीमा राष्ट्र बैंक

admin २०८२ फाल्गुन १२ गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले चालु आबको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा छिट्टै सार्वजनिक गर्ने भएको छ । सोही अनुसार केन्द्रीय बैंकले सञ्चालक समिति बैठक बोलाएको छ । केन्द्रीय बैंकको संचालक समिति बैठकले मौद्रिक नीतिको समिक्षा अनुमोदन गर्ने कार्यक्रम छ । हाल बैंकहरूको ब्याजदर न्युनतम हसुँदा पनि कर्जा प्रवाह उल्लेखनीय देखिएको छैन । बैंकवित्तमा लगानी योग्य रकम थुप्रिदा केन्द्रीय बैंकले यसलाई फरक तरीकाले लगानी गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनासम्म नेपाल सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ। यो तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

राष्ट्र बैंकका अनुसार, यस रकममा संघीय सरकारसँगै प्रदेश तथा स्थानीय सरकारका खातामा रहेको नगद पनि समावेश छ। चालु आवको पुस मसान्तसम्ममा सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड पुगेको छ। चालु खर्च ४ खर्ब ८७ अर्ब १४ करोड, पुँजीगत खर्च ४९ अर्ब ४३ करोड, र वित्तीय व्यवस्थापन खर्च एक खर्ब ५३ अर्ब ६५ करोड रहेको तथ्यांकमा उल्लेख छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खातामा एक खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ नयाँ नगद थपिएको छ। तुलना गर्नुपर्दा, गत असार मसान्तमा सरकारी नगद मौज्दात एक खर्ब ४९ अर्ब ८३ करोड मात्र थियो। सरकारको कुल आम्दानी, कर र गैरकर राजस्व तथा प्रदेश र स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत ५ खर्ब ७७ अर्ब ४० करोड पुगेको छ। यसमा कर राजस्व ५ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्व ६१ अर्ब २८ करोड रहेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।