२०८२ माघ ७ गते

नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैमा वृद्धि !

बैंकिङ खबर/ नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैमा वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा वैदेशिक व्यापार आकार ११ खर्ब रुपैयाँ नजिक पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.३६ प्रतिशतले बढेको हो। आयातमा १४.१८ प्रतिशतले विस्तार भएको छ भने निर्यातमा ४३.७६ प्रतिशतको विस्तार देखिएको छ।

नेपालको वैदेशिक व्यापारमा भारतसँग सबैभन्दा ठूलो हिस्सा छ, जहाँबाट ५ खर्ब ३२ अर्बको वस्तु आयात भएको छ भने १ खर्ब १५ अर्बको वस्तु निर्यात भएको छ। चीन दोस्रो स्थानमा छ, जहाँबाट १ खर्ब ९६ अर्बको वस्तु आयात भएको छ भने ६४ करोडको वस्तु निर्यात भएको छ। निर्यात भएका प्रमुख वस्तुमा प्राथमिक र कम मूल्य अभिवृद्धि भएका वस्तुको बाहुल्य छ, जस्तै कि कच्चा सोयाबिन, अलैँची, कार्पेट, कच्चा सूर्यमूखी तेल आदि। आयात भएका प्रमुख वस्तुमा डिजेल, कच्चा सोयाबिन तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, स्मार्टफोन आदि छन्।